मुंबाई, असार १ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आज सोमबार मुंबाईमा अन्तिम संस्कार हुँदैछ।
सुशान्तले आइतबार उनको आफ्नै घरमा आत्म हत्या गरेका थिए। उनका परिवार पटनामा बसोबास गर्थे भने उनी मुंबाईमा बस्दै आएका थिए। उनको अन्तिम संस्कारको निम्ति उनको बुवा पटनाबाटै आउँदैछन्।
उनको आत्महत्याको घटनालाई लिएर अनुसन्धानमा जुटेका प्रहरी अधिकारीका अनुसार अहिलेसम्म उनको साथबाट सुसाईड नोट पाईएको छैन। प्रहरी प्रतिवेदनका अनुसार गएको छ महिनादेखि उनी डिप्रेसनमा पीडित थिए।
टेलिभिजनबाट आफ्नो करियर शुरु गरेका सुशान्तले केही समययता आएर ठूलो पर्दाका फिल्ममार्फत आप्नो उपस्थिति बढाउँदै आएका थिए। उनले किस देश में है मेरा दिल नामक सिरियलबाट आप्नो अभिनय करियर शुरु गरेका थिए।
काय पो छेबाट फिल्मी करियर शुरु गरेका सुशान्तले अमिर खानको सुपरहिट फिल्म पीकेमा समेत काम गरेका थिए।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







