मुम्बई, असार १ । कोरोनाभाइरसका कारण रोकिएका मुम्बईका स्थानीय रेल अब ८६ दिनपछि चल्न थालेका छन्। सोमबारबाट सुरु भए पनि यसपटक रेलवेले विभिन्न नियमहरु पालना गर्न अनिवार्य बनाएको छ।
सोमबार सुरु भएका रेलहरुमा अनिवार्य सेवामा खटिएका मानिसहरु मात्र यात्रा गर्न पाउने बताइएको छ। आजबाट त्यहाँ अब २ सय स्थानीय रेलहरुले सेवा दिने भएका छन्।
अहिले स्थानीय रेलमा प्रहरी, नर्स, चिकित्सक, नगरपालिकाका कर्मचारी तथा सरकारी कर्मचारीमात्र यात्रा गर्न दिइने बताइएको छ। आजबाट खुलेका रेलमा पत्रकार पनि यात्रा गर्न पाउने छन्।
Facebook Comments


























