असार १ । कोरोनाभाइरस महामारीका कारण गत मार्चमा आफ्ना सीमा बन्द गरेको फ्रान्सले आजबाट आफ्ना सीमाहरुलाई खोल्दैछ । फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँले यो जानकारी दिएका हुन्।
उनले लकडाउन सुरु भएपछि दिएको चौथो सम्बोधनमा तीन महिना लामो चलेको लकडाउनपछि फेरि देशको अर्थतन्त्र सुधार्ने अभियान सुरु हुने पनि बताएका छन्।
उनले सोमबार फ्रान्स युरोपेली संघको सेन्जेन जोनमा रहेका देशहरुका लागि सीमा खुल्ने पनि बताएका हुन्। यसअघि नै फ्रान्समा रेष्टुरेन्टहरु खुलिसकेका छन्।
२२ जुनदेखि फ्रान्समा स्कुलहरु पनि खुल्दैछन्।
Facebook Comments


























