काठमाडौं, असार १ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै बन्द भएका सरकारी कार्यालय सोमबारदेखि खुल्ने भएका छन्। २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई सिफ्टमा सञ्चालन हुने गरी सरकारी कार्यालय खुल्ने भएका हुन्।
बैठकले १ असारदेखि बिहान ८ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो। गत ११ चैतमा देश लकडाउन भएसँगै सरकारी कार्यालय बन्द भएका थिए।
मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सिफ्टमा कार्यालय खोल्ने गरी कार्यालय सञ्चालन गर्नेसम्बन्धी १३ बुँदामा ढाँचा तयार गरेको छ। बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारी छ।
सरकारी कार्यालय खोल्दा कोभिड–१९ को संक्रमण फैलिन नदिन सुरक्षाका उपाय अवलम्बन गरिने भएको छ। मन्त्रालयले संक्रमण फैलिन नदिन जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल बनाई लागू गर्ने, सवारीसाधनको उपलब्धता र प्रयोगका आधारमा कार्यालयसम्मको दूरीसमेतलाई विश्लेषण गरी व्यवस्थापन गर्ने, कार्यकक्षमा रहँदा पालना गर्नुपर्ने भौतिक तथा सामाजिक दूरीलगायतका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड तथा प्रोटोकल तयार गरी लागू गर्नुपर्ने बताएको छ।
त्यस्तै, कार्यालयमा आउने सेवाग्राहीले पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी प्रोटोकल कार्यालयको प्रवेश बिन्दुमा सबैले स्पष्ट देख्ने र बुझ्ने गरी राख्ने, कर्मचारीका लागि कार्यालयमा रहँदा आवश्यक पर्ने न्यूनतम स्वास्थ्य सामग्री व्यवस्था गर्ने र कार्यालय हाताभित्र हात धुनेलगायतको व्यवस्था गर्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ। सरकारी कार्यालय खोल्ने निर्णय भए पनि कोरोनाबाट जोगिन घर फर्केका ठूलो संख्याका कर्मचारी लकडाउनका कारण कार्यस्थलमा फर्किन सहज छैन।


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







