काठमाडौं, जेष्ठ ३० । कुवेतबाट शुक्रबार थप १ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन्। जसमा २ वर्षभन्दा मुनिका ७ जना बच्चा रहेका छन्। यस्तै, १२ वर्षभन्दा कम उमेरका अन्य २ बालबालिका र १ सय ४० जना महिला रहेका छन्। कुवेतको जजिरा विमानले उनीहरुलाई नेपालसम्म ल्याएको हो। आम माफी पाएका नेपाली कामदारलाई स्वदेश फर्काउने निर्णय अनुसार कुवेत सरकार आफैले उनीहरुलाई नेपाल ल्याइदिएको हो।
बिहीबार मात्रै कुवेतबाट २ सय ९९ जना नेपाली महिला कामदार स्वदेश आएका थिए। विदेशमा रहेका अलपत्र आफ्ना नागरिकलाई स्वदेश फर्काउने सरकारको निर्णय गरिसकेको छ। नेपाल सरकारको यस निर्णयपछि विभिन्न मुलुकले आफ्नै खर्चमा नेपाली कामदारलाई यहाँसम्म ल्याइदिने व्यवस्था मिलाइरहेका छन्।
Facebook Comments


























