काठमाडौं, जेष्ठ २९ । सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिए पनि दुई जना चढ्न नपाउने निर्णय गरेको छ।
बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए।
उनले निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गरिने जानकारी दिए।
‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने।
Facebook Comments


























