हेटौँडा, जेष्ठ २९ । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १ सय ४४ पुगेको छ। त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोना संबmमणमुक्त भइ घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन्। सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौँलाई चितवनसहित धादिङले समेत उछिनेको छ। कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौँमा २७ रहेको छ। रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ। यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। रासस


























