काठमाडौ, जेष्ठ २९ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा निर्धारण गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ। तर, सुन र डलर भने माथि लागेका छन्। कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ।
यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन् डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः अवमूल्यन भएको हो। भारतसँग हाम्रो स्थिर विनिमय दर भएकाले त्यसको सीधा प्रभाव पर्छ।
Facebook Comments


























