काठमाडौं, जेष्ठ २८ । नेपालमा पछिल्लो २४ घन्टामा दुई सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले योसमेत नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको जानकारी दिए।
नयाँ संक्रमितमा २२ महिला र अन्य पुरुष रहेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी हालसम्म ६ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएको गौतमले बताए। सो अवसरमा उनले अहिलेसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको जानकारी दिए।
Facebook Comments


























