काठमाडौं, जेष्ठ २७ । नेपालमा कोरोनाको कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। भरतपुर अस्पतालमा आज (मंगलवार) बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।
गौतमका अनुसार मृतक भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका पुरुष हुन्।
यसअघि नेपालका १४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।
नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमवार साँझ भरतपुर अस्पतालमा सारिएको थियो।
नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ। आज मात्रै थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै हालसम्म ५ सय ८४ जना कोरोना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन्।
Facebook Comments


























