काठमाडौं, जेष्ठ २४ । बिहीबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ सय ६५ पुगेका छन्। पछिल्लो पटक संक्रमण मुक्त हुनेमा जनकपुर अस्पतालमा उचपाररत १५ जना बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्तपालबाट ४ जना सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पातलबाट ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
हालसम्म १२ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय २५ पुगेको छ।
Facebook Comments


























