काठमाडौं, जेष्ठ २४ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) को नतिजा आज राती ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो।
हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ।
यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो। यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए। तर कोभीड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भयो।
https://dvprogram.state.gov मा आफ्नो कन्फर्मेशन नम्बर हालेर इडिभीको नतिजा हेर्न सकिन्छ।
Facebook Comments


























