काठमाडौं, जेष्ठ २३ । संयुक्त अरब इमिरेट्स (युएई) बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबियाको विमान काठमाडौंका लागि उडेको छ।
एयर अरेबियाको उडान नम्बर जी ९स् १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ बजेर ३ मिनेटमा उडेको हो। जहाजमा एक नेपालीको शव पनि रहेको जनाइएको छ।
विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेको जनाइएको छ।
विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ।
Facebook Comments


























