काठमाडौं, जेष्ठ २१ । सरकारले जारी गरेको लकडाउनविरुद्ध चाबहिलमा स्थानीयले प्रदर्शन गरेका छन्। लकडाउनले जनजीवन असहज भएको भन्दै बुधबार बिहान काठमाडौंको चाबहिल चोकमा स्थानीयले प्रदर्शन गरेका हुन्।
बजार, व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै स्थानीयले सरकारविरुद्ध नाराबाजी गरेका छन्। सरकारले गत चैत ११ गते बाट लागू गरेको लकडाउन आगामी जेठ ३२ गतेसम्मका लागि जारी छ।
यसअघि मंगलबार जोरपाटीमा पनि स्थानीयले विरोध प्रदर्शन गरेका थिए। बुधबार बिहानैदेखि अन्य दिनको तुलनामा राजधानीका सडकमा सवारीसाधन र पैदल यात्रुको आवतजावत बाक्लो देखिएको छ।
Facebook Comments


























