गुल्मी, जेष्ठ १९ । गुल्मीबाट एक जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
दाङको तुल्सीपुर नगरपालिका घर भई गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष कोरोना संक्रमणमुक्त भएर सोमबार डिस्चार्ज भएका हुन्।
जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माकाअनुसार उनको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।
कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका ६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि उनी एक सातादेखि तम्घासमा बनाइएको आइसोलेसन वार्डमा भर्ना भएका थिए। गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन्।
नेपालमा हालसम्म २२१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
Facebook Comments


























