काठमाडौं, जेष्ठ १९ । नेपालमा कोराना संक्रमितको संख्या बढिरहेको समयमा अन्य सरुवा रोगको संक्रमण पनि थपिन थालेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले अन्य सरुवा रोगको संक्रमण पनि देखिन थालेको बताएका हुन्।
डा. पाण्डेले कोरोना संक्रमणसँगै नेपालमा डेंगु रोगको संक्रमण पनि देखिन थालेको बताए। डा.पाण्डेका अनुसार पुस यता हालसम्म ८२ जनामा डेंगु रोग देखिएको छ।
डा.पाण्डेका अनुसार देशभरका २६ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्। जसमध्ये रुपन्देहीमा ३५, म्याग्दीमा १२, मकवनापुर, गोरखा र तनहुमा एक/एक जनामा संक्रमण भएको छ।
यस्तै कास्कीमा १० जना , काठमाडौंमा ७ जना नवलपरासीमा एक जना, बाग्लुङमा २ जना ललितपुरमा २ जना,सुनसरीमा ४ जा पाल्पामा एक जना, नवलपरासी पश्चिममा एक जना, मोरङमा ३ जना, कपिलवस्तुमा ३ जना तेह्रथुममा २ जना बाँकेमा एक जना, डडेल्धुरामा एक जना, दाङमा एक जना र झापामा एकजना, उदयपुरमा एकजना, नुवाकोटमा दुइ जना, कैलालीमा २ जना धनकुटामा २ जना रामेछापमा १ र धादिङमा २ जनामा डेंगु रोग देखिएको छ।
गत वर्ष नेपालमा१६ हजार जनामा डेंगुको संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको डा. पाण्डेले बताए।


























