काठमाडौं, जेष्ठ १८ । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ। उनको आज निधन भएको हो।
नेपाली कला क्षेत्रमा १ सय वटा भन्दा धेरै चलचित्रमा अभिनय गरेका उनले थुप्रै सानो पर्दाको चलचित्रमा समेत अभिनय गरेका थिए। उनको निधनले नेपाली कलाक्षेत्रमा ठूलो क्षति पुगेको छ। उनको ८० वर्षको उमेरमा निधन भएको हो।
उनी विगत ८ वर्षदेखि पक्षघातबाट बिरामी थिए। उनी एउटा चलचित्रको सुटिंगका क्रममा लडेर घाइते भएपछि पक्षघातबाट पीडित थिए। उनले नेपाली चलचित्र जीवनरेखाबाट कलाकारिता थालेका थिए। यसका अतिरिक्त हिन्दी चलचित्रहरुमा समेत उनले अभिनय गरेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
Facebook Comments


























