काठमाडौं, जेष्ठ १८ । भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा गोली चलेको छ।
सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको हो।
ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गरेको थियो। उनीहरुले प्रहरीका हतियार खोस्न प्रयास गरेका थिए। सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०र४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।
हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो। अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ।
Facebook Comments


























