काठमाडौं, जेष्ठ १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्था असामान्य भएकाले नै चालु वर्षको भन्दा सानो आकारको बजेट ल्याइएको बताएका छन्। बजेटका बारेमा जानकारी दिन आयोजित भर्चुअल प्रेस मिट कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्। अघिल्लो वर्षको भन्दा पछिल्लो वर्षको बजेटको आकार सानो आएको छ। यसले हामी सामान्य अवस्थामा छैनौं भन्ने देखाउँछ।
सामान्य अवस्थामा अघिल्लो वर्षको भन्दा पछिल्लो वर्ष बजेटको आकार सानो हुँदैन। अहिले हामी निकै कठिन अवस्थामा छौं। त्यही भएर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा आकारमा ४५ सानो छ। जनजीवन सुरक्षा गर्नु नै अहिलेको सबैभन्दा ठूलो काम हो, अर्थमन्त्रीले भने।
हामीले चैतमा गरेको अनुमान जेठसम्म आइपुग्दा धेरै फरक परिसकेको छ। अर्थतन्त्रका सूचकहरुमा कोरोनाले अनपेक्षितरुपमा परिवर्तन गराएको छ। छिटो प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित हुनेछ। राष्ट्रिय महत्वका र गेम चेन्जर आयोजनालाई भने बजेटमा प्राथमिकता राखिएको अर्थमन्त्रीले जानकारी दिए।


























