दक्षिण कोरिया, जेष्ठ १६ । कोरोना भाइरसका संक्रमित देखिएपछि दक्षिण कोरियामा फेरि विद्यालयहरु बन्द भएका छन्।
बीबीसीले लेखे अनुसार कोरोनाका संक्रमित बढेसंगै विद्यालयहरु वाध्य भएर बन्द भएका हुन्।
बिहीबार दुई महिनाको अवधिमा पहिलो पटक सबैभन्दा बढी ७९ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए।
शुक्रबार पनि ५८ जना नयाँ संक्रमित देखिइसकेका छन्। कोरियामा सुरुआतमा तीव्र गतिमा संक्रमित देखिए पनि उसले अपनाएको नियन्त्रणको बलियो संयन्त्रका कारण अहिलेसम्म ११ हजार ४०२ जनामा मात्र संक्रमण देखिएको छ।
२६९ जनाको मृत्यु भएको छ। पछिल्लो पटक संक्रमित बढेपछि दुई सय भन्दा बढी विद्यालयहरुलाई बन्द गरेर अनलाइनमार्फत कक्षा लिन स्वीकृति दिइएको छ।
सबैभन्दा बढी प्रभावित विद्यालयहरु राजधानी सियोलभन्दा बाहिरका विद्यालयहरु हुन्।
Facebook Comments


























