काठमाडौं, जेष्ठ १५ । कोरोना भाइरसको संक्रमणमुक्त भएर पर्साका थप ४ जना संक्रमित डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नारायणी अस्पतालमा उपचाररत उनीहरु पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि ११ औँ देखि १४ औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन्।
उनीहरुमध्ये २ जना पुरुष र २ जना महिला छन्।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १८७ पुगेको छ। तीमध्ये १४४ जना पुरुष र ४३ जना महिला रहेका छन्।
Facebook Comments


























