काठमाडौं, जेष्ठ १४ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको र केही पहिले प्रदर्शित फिल्म चलचित्र ‘साइनो’ युट्युबमा पनि रिलिज भएको छ।
लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले बताइन्।
रमेश थापाको निर्देशन रहेको फिल्मले ले सार्वजनिक प्रदर्शनबाट फिल्मले दर्शकको तारिफ पाउन सफल भएको थियो।
चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको मूख्य अभिनय रहेको छ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरबीले लेखेका हुन्।
Facebook Comments


























