काठमाडौं, जेष्ठ ११ । पशुपतिमा रहेको विद्युतीय शव दाह गृह आजदेखि खुल्ने भएको छ।
कोरोना सङ्क्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी महिलाको शव जलाएपछि बन्द भएको शव दाहगृह आजदेखि फेरि खोल्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार अरुमा सङ्क्रमण नफैलियोस् भनेर केही समय शवदाह गृह बन्द गरिएको थियो।
यस्तै, कोषले पशुपति क्षेत्रमा रहेको किरियापुत्री घरमा नयाँ भर्ना लिन छोडेको छ। थप सतर्कता अपनाएर केही दिनमा किरियापुत्री घर खोल्ने निर्णय भए पनि कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने कार्यकारी निर्देशक खतिवडाको भनाइ छ।
Facebook Comments


























