जेष्ठ १० । हरेक समयमा केहि न केहि बिषयबाट चर्चामा आइरहने सिने जगत हो बलिउड। जहाँ सेलिब्रेटिहरु सामाजिक सञ्जालमा चम्किरहन्छन्। यसैबिच लकडाउनको समयमा पनि चर्चामा आएकी छिन् बलिउड अभिनेत्री सारा अली खान।
सेफ अलि खानकी छोरी साराको एक पुरानो भिडियो (थ्रोबैक भिडियो) सामाजिक सञ्जालमा भाइरल बनेको छ। कोरोना भाइरस संक्रमणका कारण विश्वका सबै सिने जगत ठप्प झै रहेको बेला रातारात साराको भिडियो भाइरल बनेको हो।
यस भिडियोमा साराले समुन्द्रमा छलाङ्ग लगाउँदै अण्डर वाटर स्विमिङको मजा उठाएको देखिन्छ। यो भिडियो साराले माल्दिभ्समा छुट्टि मनाउँदाको हो। जसलाई साराले आफ्नो इन्स्टाग्राममा राख्दै क्याप्सनमा जलपरी मैं चली लेखिकी थिइन्।
Facebook Comments


























