चितवन, जेष्ठ १० । २१ लाख ५८ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५३ लाख ३ हजार ९ सय ५२ मध्ये २१ लाख ५८ हजार ५ सय ६२ जना संक्रमण मुक्त भएका हुन्।
बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ३ जना पुगेको छ।
२८ लाख ५ हजार ४ सय २७ जनाको उपचार भइरहेको छ। उपचाररत मध्ये ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भीर छ।
शनिबार बिहान ९ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४ सय १९ जनाको मृत्यु भएको छ।
१८ लाख ६८ हजार १ सय ६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन्।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १२ हजार १ सय २३ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या १८ लाख २८ हजार १ सय १ जना पुगेको छ। त्यसमध्ये ५ लाख ७ हजार १ सय ८० जना संक्रमणमुक्त भएका छन्।
यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। ९ लाख १२ हजार ३ सय ८१ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएका छन्।
दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ। ५ लाख ८० हजार ७१ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७ सय ३८ जना संक्रमणमुक्त भएका छन्।
अफ्रिकी मुलुकहरुमा ३ हजार २ सय४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८ सय ४५जना संक्रमित छन्। संक्रमितमध्ये ४२ हजार ८ सय १८ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २२ जनाको मृत्यु भएको छ। ८ हजार ७ सय ७ जना संक्रमित भएकोमा ८ हजार ४१ जना संक्रमणमुक्त भएका छन्।
कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। संक्रमित १६ लाख ४५ हजार ९४ जनामध्ये ४ लाख ३२ हजार १ जना संक्रमणमुक्त भएका छन्।
यता नेपालमा ३ जनाको मृत्यु भएको छ। ५ सय ४८ जना संक्रमित भएकोमा ७० जना संक्रमणमुक्त भएका छन्।


























