काठमाडौं, जेष्ठ ९ । नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको क्षेत्रफल गुगल सर्च इञ्जिनले पनि देखाउन थालेको छ।
सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।
सोही अनुरुप गुगलले नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर देखाउन थालेको छ। यसअघि नेपालको क्षेत्रफल गुगलमा १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखाउने गरेको थियो।
यही जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा स्वीकृत गरेसँगै जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा थपेको नयाँ नक्सा सार्वजनिक गरेको थियो।
Facebook Comments


























