काठमाडौं, जेष्ठ ८ । टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए। “डिस्चार्ज हुने दुई पुरुष र दुई महिला छन्,” उनले भने, “उनीहरु चारैजना कोरोना संक्रमण देखिएको नौँ दिनमा कोरोना संक्रमणमुक्त भएका हुन्।”
अस्पतालका अनुसार पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। डिस्चार्ज हुनेमा दुईजना भक्तपुरका र दुईजना काठमाडौंका हुन्।
Facebook Comments


























