काठमाडौं, जेष्ठ ८ । दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ।
बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार दार्चुलाको उकु आसपास भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन।
Facebook Comments

























