पश्चिम नवलपरासी, जेष्ठ ७ । सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ पाचपेडाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सरावल गाउँपालिका ९ रामग्रामका २७ वर्षीय जोगेन्द्र हरिजन छन्।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
भारतबाट नेपाल आउँदै गरेका हरिजनलाई गस्तीमा खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजापाम ४ सय ९४ वटा, फेनारगन ५ सय वटा, नाइट्राभेट ट्याब्लेट १ हजार ७ सय ९ वटा, स्पास्मो प्रोक्सिभन प्लस ९६ वटा, नोफिन इन्जेक्सन ४ सय ९३ र वानरेक्स ७ वटा बरामद गरेको हो। पक्राउ परेका हरिजनलाई बरामद लागु औषधसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
Facebook Comments


























