मस्को, जेष्ठ ७ । रुसको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ।
आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका छन्।
मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो। रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ।
प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट भएको जनाइएको छ। एएनआई
Facebook Comments


























