काडमाडौं, जेष्ठ ७ । महानगरीय प्रहरी वृत्तमा कालीमाटी कार्यरत दूई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ।
कालीमाटी स्थित वृत्त परिसर मै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख रुगम कुँबरले बताए।
टेकुस्थित प्रयोगशालाले मंगलबार एक जना सइ र एक जवानमा कोरोना संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो।
हाल कालीमाटी बृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक बृत्त पनि रहेको र उनीहरुको खाने बस्ने एकै स्थानमा भएकाले त्यहाँ करीब दुई सय प्रहरी कार्यारत रहेको बताइएको छ।
उनले संक्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोशाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताए।
वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ। अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको हो।
यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो। त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा समेत गत शनिवार संक्रमण पुष्टि भएको थियो।
आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँबरले बताए।


























