काठमाडौं, जेष्ठ ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा नेता श्रेष्ठले सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुङा बनेको दाबी गरेका छन्।
प्रवक्ता श्रेष्ठले अबको मुख्य काम आफ्नो भूमि फिर्ता लिइछाड्नु रहेको बताएका छन्।
‘नेपाल सरकारले अतिक्रमित भुमिसहित सम्पुर्ण भू–भाग समेटेको नेपालको नक्सा सार्बजनिक गरेकोमा हार्दिक धन्यवाद। यो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहाँसिक कोसेढुङा बनेको छ। अबको मुख्य काम भने आफ्नो भुमि फिर्ता लिईछाड्नु हो। त्यसनिम्ति राष्ट्रिय एकताकासाथ अघि बढौं’, उनले भनेका छन्।
नेपाल सरकारले अतिक्रमित भुमिसहित सम्पुर्ण भुभाग समेटेको नेपालको नक्सा सार्बजनिक गरेकोमा हार्दिक धन्यवाद। यो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहाँसिक कोसेढुङा बनेको छ। अबको मुख्य काम भने आफ्नो भुमि फिर्ता लिईछाड्नु हो। त्यसनिम्ति राष्ट्रिय एकताकासाथ अघि बढौं।


























