काठमाडौं, जेष्ठ ४ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २० गतेसम्म लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो।
बैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय गरेको छ। बैठकमा कोरोना संक्रमितको संख्या देशभरि बढिरहेको र फैलन नदिन लकडाउन बढाउनुपर्नेबारे छलफल भएको थियो।
कोरोना संक्रमणको कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने कूल कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।
Facebook Comments


























