काठमाडौं, जेष्ठ ४ । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।
शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए। त्यसको चौतर्फी विरोध भइरहेको छ।
पक्राउ परेका कार्कीलार्य अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
Facebook Comments


























