जेष्ठ ३ । विश्व कोरोनाको त्रासमा छ। सावधानीस्वरुप लकडाउन अपनाइएका कारण यतिबेला प्रायजसो सबै घरमा नै छन्। घरमा नै बसिरहँदा केहि न केहि खाईरहने बानी सबैमा हुन्छ। तर त्यसरी नियन्त्रणबाहिर रहेर खाँदा मोटोपनको समस्या आउन सक्छ।
मोटोपन शरीर भद्धा देखाउने मात्रै होईन अन्य स्वास्थ्य समस्या निम्त्याउने भएको कारण पनि सबैको समस्याको विषय हो। बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ।
उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ।
उनका ‘फिगरलाई’ लिएर पनि धेरै फ्यान प्रभावित भएका छन्। प्रायः सबैलाई हुन्छ कि, आफ्नो ज्यान पनि त्यस्तै फिट होस्।
के गर्छिन् आलिया ?
आलिया हरेक दुई घण्टामा केही न केही खाने गर्छिन्। तर उनले खानामा भने ख्याल गर्ने गर्छिन्। त्यसकारण पनि उनी फिट देखिन्छिन्।
आलिया बिहान उठ्नासाथ ब्रेकफास्टमा अम्लेट या ‘एग स्यान्डवीच’ खाने गर्छिन्। यसका अलावा उनले कहिलेकाहीं स्टिम्ड चिउरा पनि ब्रेकफास्टमा खाने गर्छिन्।
नास्ता र खानाको बीचमा उनले आफूलाई मन पर्ने कुनै फलफुल सधै खाने गर्छिन्।
उनले अन्तर्वार्तामा भनेकी छिन् उनलाई जुस पनि उत्तिकै मन पर्छ। लन्चमा उनी उमालेको सब्जी खान्छिन्। त्यो सागमा तेल या घ्यू केही पनि राखिएको हुन्न।
यसका अलावा उनले खानामा कहिलेकाहीं दूध पनि खान्छिन्। चिया खानुपरेमा सधै उनले दूध नहालेको चिया नै पिउने गर्छिन्।
डिनरमा उनले सिजनल तरकारीसँग रोस्ट गरेको चिकेन या माछा खाने गर्छिन्। यसो गर्दा उनले आफूले फिट राखेको बताउँछिन्।
उनको खानामा पिरो या स्वास्थ्यलाई असर पार्ने कुनै कुरा पनि हुँदैन।
उनले मिडियामा भनेकी छिन्, ”सकारात्मक सोँच र नियमित खानपान तथा व्यायाम र योग फिट शरीरको राज हो।”


























