चीन, जेष्ठ ३ । पछिल्लो २४ घण्टामा चीनमा आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनमा मे १४ मा चारजनामा कोरोना संक्रमण देखिएको थियो भने शुक्रबार आठ जना संक्रमित बढेका हुन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमित आठ जना मध्ये ६ जना विदेशबाट चीन आएका थिए।
दुईजना चिलिन प्रान्तका हुन् र उनीहरु स्थानीय संक्रमित हुन्। चीनमा अहिलेसम्म झण्डै ८३ हजारमा संक्रमण देखिएको छ भने ४६३३ जनाको मृत्यु भएको छ।
Facebook Comments


























