काठमाडौं, जेष्ठ ३ । शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा थप संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।
नयाँ संक्रमितमा बर्दियाको नार्खु ११ निवासी २८ वर्षीया महिला, सिरहाको सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको वीरगञ्ज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया युवती र चितवनको गडौली १ की २५ वर्षीया महिला छन्।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेका डा।अधिकारीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments


























