काठमाडौं, जेष्ठ १ । कोरोनाको जोखिम बढेपछि काठमाडौंको कालीमाटी तरकारी बजारमा व्यापार गर्ने व्यापारीहरुको कोरोना परीक्षण गरिएको छ।
आजदेखि काठमाडौंमा सर्वसाधारणको स्वाब संकलन थालिएको हो। पहिलोचरणमा तरकारी व्यापारी, मजदुर, पत्रकार, सुरक्षाकर्मी, फोहोर संकलनमा खटिएका कर्मचारीलगायतको कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ।
करिब १० हजारजनाको कोरोना परीक्षण गरिने भएको छ।
Facebook Comments




















