धादिङ, बैशाख ३० । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जयपुरीमा लत्रिएको तार छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएका ठाउँमा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए।
गाउँमा लगिएको विद्युत्को नाङ्गो तार मकै बारीमा लत्रिएको र चेपाङले भुलवश तार छुँदा मृत्यु भएको वडाध्यक्ष अम्मरबहादुर गुरुङले जानकारी दिए। करेन्टबाट घाइते चेपाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो। विद्युुत् मर्मत गर्न जाने योजना गर्दैगर्दा घटना भएकाले नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति तिर्ने प्राधिकरण धादिङका ध्रुव भण्डारीले बताए। रासस
Facebook Comments


























