गोरखा, बैशाख २७ । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन्।
गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीय मदन पन्तले बताए। घाइते बिकको पेटमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएको छ।
लकडाउनको बेला केही दिन यता खाद्यान्न, निर्माण सामग्री बोकेका सवारी निर्वाद चल्न दिँदा तिब्र गतिमा हुँईकिने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन्।
Facebook Comments


























