वीरेन्द्रनगर, बैशाख २६ । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सुर्खेत प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ गर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २७ वर्षीय राजेश बिक छन्। विकलाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
विकले सोही ठाउँ बस्ने २७ वर्षीय पुरुषलाई कुटपिट गरेको भन्न खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
विकको कुटपिटबाट घाइतेलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेतमा भर्ना गरिएको प्रहरीले जानकारी दिए।
Facebook Comments


























