काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो।
शुक्रवार मध्याह्न चिकित्सकको टोली बालुवाटार पुगेर प्रधानमन्त्रीको थ्रोड स्वाब संकल गरिएको मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) का संस्थापक अध्यक्ष एवं संरक्षक कृष्ण प्रसाद रिजालले जानकारी दिए।
‘बालुवाटार गएर प्रधामन्त्रीसहित अन्य १० जनाको स्वाब संकलन गरिएको छ’, उनले भने।
उनले अपराह्न ४ बजेसम्ममा रिपोर्ट आउने जानकारी दिए।
यसअघि बिहीबार संघीय संसद भवन परिसरमा ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। जसको रिपोर्ट नेगेटिभ आएको छ।
१७९ जना प्रतिनिधिसभाका सांसद र ४५ जना राष्ट्रिय सभाका सांसदको स्वाब संकलन गरिएको थियो।
आजबाट संसदको बजेट अधिवेशन सुरु हुने भएसँगै सांसदहरुको कोरोना परीक्षण गरिएको हो। थप २ सय ४८ जनाको स्वाब संकलन गरिसकिएको छ। उनीहरुको रिपोर्ट आउन बाँकी छ।


























