बैशाख २६ । हरेक आमा बाबु आफ्ना छोरा छोरीका लागि ठुला ठुला त्याग गर्न तयार हुन्छन्। बच्चाका हरेक जिद्दी पुरा गर्ने गर्दछन्। यसै क्रममा नै बच्चाहरु जिद्दी स्वभावका हुने गर्दछन्। यो जरुरी हुदैनकी आमा बाबुले बच्चाका सबै जिद्द पुरा गरुन या गर्नै पर्छ।
कैयौं पटक जब बच्चाले जिद्द गर्दछ, माता पिताले बच्चालाई गाली गरेर या पिटेर उनीहरुको जिद्द रोक्ने कोशिश गर्दछन्। तर यसो गर्नु ठुलो गल्ति हो। यस्तो गर्नाले बच्चा झन् बिग्रिने सम्भावना हुन्छ।
यसो गर्नाले बच्चामा केहि समयको लागि त सुधार भएको जस्तो देखिन्छ तर यसबाट हुने नोक्सानको बारेमा माता पितालाई अन्दाज समेत हुदैन। विभिन्न अध्ययनले बच्चालाई गालि गरेर या पिटेर उनीहरुको जिद्द रोक्ने प्रयास गरेमा बच्चा डिप्रेशनमा जाने खतरा बढी हुने देखाएका छन्। यस्तोमा उनीहरुको मनोबल गिर्ने हुनसक्छ भने कुनै काम गर्न डराउने, झन् स्कुल जान नमान्ने हुनसक्ने बाल विशेषज्ञहरुले बताएका छन्।
अब प्रश्न आउछ जिद्द गर्ने बच्चालाई कसरी सम्झाउने त ? यसका लागि गालि गर्ने र पिटने बाहेक अन्य विभिन्न तरिका अपनाउन सकिन्छ।
जस्तै खाना खाना साथ बच्चाले चकलेट माग्ने गरेमा यसलाई केहि समयका लागि नजरअन्दाज गर्न सकिन्छ। केहि समयपछी बच्चाले अर्को विषय उठाउने र चकलेटको जिद्दलाई बिर्सने हुनसक्छ।
यदि कुनै बच्चाले आफ्नो रिसलाई मजाक बनाएर प्रस्तुत गर्छ या केहि कुराको माग पुरा गर्न रिस देखाएको नाटक गर्छ भने पहिला यसलाई बुझ्न जरुरी छ। शुरुमा छोटो समयको लागि बच्चाको यस्तो व्यवहारलाई नजरअन्दाज गर्न सकिन्छ, तर यसबाट पनि बच्चाले आफ्नो व्यवहार नसुधारेमा बच्चालाई चेतावनी दिन सकिन्छ।
यदी बच्चाले नयाँ खेलौनाको माग गरेमा तुरुन्त उसलाई उसका पुराना खेलौना ल्याएर दिने गर्नाले उसले आफ्नो नयाँ खेलौंनाको माग छोड्न सक्छ। यो सबै उमेरका बच्चामा लागु हुन्छ।
त्यस्तै बच्चासँग धेरै बहस नगर्ने र उनीहरुका कुरा बढी सुन्ने। उनीहरुका कुरा नसुन्ने गर्नाले पनि उनीहरु क्रमश जिद्दी हुदै जान्छन। बच्चाका कुरा नसुनिदिदा उनीहरुले विस्तारै मातापिताका कुरालाई पनि नजरअन्दाज गर्न थाल्छन, जसले समस्या झन् बढाउछ।
त्यस्तै बच्चासँग कहिल्लै पनि जबर्जस्ती गर्नु हुदैन। कुनै पनि कुराका लागि उनीहरुलाइ जबर्जस्ती गर्नु हुदैन। यसो गर्नाले उनीहरुमा बिद्रोही स्वभाव जन्मिन्छ।
जहिले पनि बच्चासँग कनेक्ट हुने कोशिस गर्नुपर्छ, जसले गर्दा बच्चालाइ आफ्ना मातापिताले आफुलाई ख्याल गरेको, आफ्ना कुरा सुनेको अनुभूति होस्।
























