चितवन, बैशाख २२ । रत्ननगर टाँडीस्थित हाईस्कुल रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्।
नगरपालिकाको वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा बेवारिसे पैसा भेटिएको हो। एक अज्ञात व्यक्तिले सो रकम सडकमा फालेर भागेको स्थानीयले बताएका छन्।
पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानीयले बताए। सडकमा पाँच सय, पचास, बीस र दश रुपैयाँका नोट फालिएको छ। प्रहरीले पाँच सयको एउटा, पचासको ३ वटा, बीसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ।
कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तिले पैसा फालेर भागेपछि कतै कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।
Facebook Comments


























