बैशाख २२ । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलमा उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेशले १८ औं संस्करणको अमेरिकन आइडलमा सहभागिता जनाएका छन्।
आर्थर गनका नामले चिनिएका दिवेशले आफू उत्कृष्ट १० मा परेको सामाजिक सञ्जालमार्फत जनाएका छन्। साथै उनले भोट गर्नका लागि अनुरोध समेत गरेका छन्।
‘हामी शीर्ष १० मा पुग्यौं, शुरुदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद, विश्वभरिबाट पाएको यो विशाल समर्थनको म कदर गर्छु,’ उनले ट्वीट गरेका छन्, ‘यसलाई व्यक्त गर्न शब्दहरुले न्याय गर्दैनन्, धन्यवाद।’
५ वर्षअघि अमेरिका गएका दिवेशले नेपाली गीतमा समेत स्वर दिएका छन्। अमेरिकन आइडलमा सहभागिता जनाएपछि भने उनको चर्चा चुलिएको हो।
Facebook Comments


























