धनगढी, बैशाख २० । कैलालीमा एकजनाको नदीमा डुबेर ज्यान गएको छ। जिल्लाको भजनी नगरपालिका–४ झलझलियाका १६ वर्षीय केशव पोखरेलले कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले पोखरेलको शव नुहाउन गएकै ठाउँबाट आज दिउँसो फेला पारेको हो। शवको पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments


























