बैशाख २० । अहिले धाराबाहिक रामायण चर्चामा छ। ३३ वर्ष अघि निर्माण गरी प्रसारण गरिएको रामायणका कलाकारमध्ये कतिपय वृद्ध भइसके त कतिपय दिवंगत। तर, यसको क्रेज फेरि बढेको छ।
रामायणले हालैमात्र एउटा विश्वकिर्तिमान बनाएको छ। सँसारभरका मनोरञ्जनात्मक कार्यक्रममा सर्वाधिक हेरिएको किर्तिमान बनाएको हो। दुरदर्शन टीभीले भारतमा लकडाउन घोषणापछि रामायणको प्रसारण गरेको हो। १७ अप्रिलमा दुरदर्शन नेस्नल टिभीले जनाएअनुसार रामायण ७ करोड ७० लाख मानिसले हेरेका छन्। कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम टिभीमा एकैपटक यति धेरै मानिसले हेरेको यो विश्व किर्तिमान हो।
लेखक, निर्माता र निर्देशक रामानन्द सागरले निर्माण गरेको रामायण सन् १९८७ मा दुरदर्शन टिभीले पहिलोपटक प्रसारण गरेको थियो। जसमा अरुण गोविल रामको भूमिकामा थिए। दिपिका चिखलिया सीताको भूमिकामा थिइन्। दारा सिंह हनुमानको भूमिकामा थिए।


























