काठमाडौं, बैशाख १९ । अभिनेता निखिल उप्रेतीले चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि दरखास्त दिने भएका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत मंगलबार सार्वजनिक सूचना निकालेर बोर्ड अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेपछि अभिनेता निखिलले दिने भएका हुन्।
औपचारिकताका लागि दरखास्त दिन लागेका निखिल बोर्ड अध्यक्ष हुने लगभग पक्का भएको स्रोतले जनाएको छ। यही वैशाख १६ गतेदेखि १५ दिनको समय दिएर मन्त्रालयले बोर्ड अध्यक्ष हुन इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको थियो।
चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ। उक्त रिक्त पदमा निखिलले दरखास्त दिन लागेका हुन्। निखिल दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील अभिनेता हुन्।
Facebook Comments


























