काठमाडौं, बैशाख १९ । ८४ वर्षीय रानुदेवीको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा बिहीबार राति निधन भएको हो।
उनको राति नै अन्त्यष्टि गरिएको छ। सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन्। २०६३ सालमा उनका बारेमा ५६ वर्षपछि… नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो।
उनका एक छोरा र दुई छोरी छन्। एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेको उनका आफन्तले जनाएका छन्।
उनी कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन्।
Facebook Comments


























