धम्बोझी, बैशाख १६ । बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते भएकीछिन्।
सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ। उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। रासस
Facebook Comments


























